२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीलाई सशक्त ढंगले अघि बढाउने निर्णय सँगै एमालेले बनायो ९ विभाग

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले पार्टीलाई नयाँ गतिका साथ सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ । सोमबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन वडा तहदेखि नै अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले ९ वटा विभाग गठन गर्ने निर्णय पनि गरेको ज्ञवालीले जानकारी दिए । एमालेले गठन गरेको विभागमा संगठन विभाग, संसदीय विभाग, आर्थिक विभाग, प्रचार विभाग, पर्यटन प्रबद्र्धन विभाग,स्कुल विभाग, विदेश विभागलगायतका रहेका छन् ।

अध्यक्ष केपी शर्मा ओली प्रमुख रहेको ११ सदस्यीय स्कुल विभाग गठन गरिएको छ।

उपमहासचिव विष्णु पौडेल प्रमुख रहेको संगठन विभाग, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ प्रमुख रहेको संसदीय विभाग गठन गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।

त्यसैगरी स्थायी कमिटी सदस्य विष्णु रिमाल प्रमुख रहेको आर्थिक विभाग, भानुभक्त ढकालको नेतृत्वमा पर्यटन प्रवद्र्धन विभाग, प्रवक्ता ज्ञवालीको नेतृत्वमा प्रचार विभाग, डाक्टर राजन भट्टराईको नेतृत्वमा विदेश विभाग, अग्नि खरेलको नेतृत्वमा निर्वाचन विभाग र देवेन्द्र दाहालको नेतृत्वमा स्थानीय तह विभाग गठन गरिएको छ।

विभाग २५ सदस्यीय बनाउन मिल्ने भएपनि सबैमा आधाजस्तो पद रिक्त राखिएको छ । प्रवक्ता ज्ञवालीले असन्तुष्ट पक्ष पार्टीमा फर्किए समेटेर अघि बढ्नका लागि विभागमा केही ठाउँ खालि राखिएको बताए।

प्रतिक्रिया दिनुहोस