२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुपाल्चोक बाढीबारे गृहमन्त्रीले संसदलाई जानकारी गराए

अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची, इन्द्रावती, याङ्ग्री र लार्के नदीमा गत असार १ गतेको बाढीमा परी पाँच जनाको मृत्यु हुनुका साथै २० जना बेपत्ता भएको जानकारी दिएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा उनले बाढी पहिरोमा परी ६ जना घाइते भएका र ३३८ घर पूर्ण रुपमा क्षति भएको बताए ।

बाढी पहिरोबाट सात पक्की र १४ झोलङ्गे पुल, एक माछा फार्म, ३२ सरकारी भवन र मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा समेत क्षति पुगेको गृहमन्त्री खाँणले जानकारी दिए ।

गृहमन्त्रीले घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय पालिकाकोसमेत समन्वयमा जिल्लास्थित सुरक्षा निकायबाट खोज तथा उद्धारको काम गरिएको सदनलाई जानकारी गराए ।

गृहमन्त्रीको संयोजनमा सबै सुरक्षा निकाय र सरोकारवाला मन्त्रालयबीच बैठक बसी क्षतिको आँकलन गरी पुनःनिर्माण र पुनःस्थापनाको कार्ययोजना बनाइ कार्य शुरु गर्न निर्देशन भएको र त्यस अनुसार जोखिम आँकलन गर्ने काम पनि शुरु भइसकेको उनले बताए ।

मेलम्ची क्षेत्रमा बाढी पहिरोको जोखिम देखिनुको मुख्य कारण पत्ता लगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा खानी तथा भूगर्भ विभाग, जल तथा मौसम विभाग, जलस्रोत तथा सिँचाइ विभाग, त्रिभुवन विश्वविद्यालयका भूगर्भविद् विज्ञ र इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका विज्ञसहितको टोलीले अवलोकन गरिसकेको जानकारी पनि उनले दिए ।

गृहमन्त्री खाँणले बाढीबाट त्यस क्षेत्रमा भएको जनधनको क्षतिका कारण प्रभावित जनजीवन विस्तारै सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेकै बेला साउन १६ र १७ गते मेलम्ची खोलामा लेदो, गेग्यानसहितको बाढी पुनः आएपछि ५३ घरमा क्षति पुगेको, एक पक्की पुल ९हेलम्बु गाउँपालिका ३–७ जोड्ने०, एक झोलुङ्गे पुल र एक सामुदायिक भवनमा क्षति भएको जानकारी दिए ।

हेलम्बु क्षेत्रमा जाने राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएकाले वैकल्पिक बाटोका रुपमा काठमाडौं–सुन्दरीजल सडकमार्ग, पार्टी भञ्ज्याङ–चित्रे सडकका साथै कुटुमसाङगा हुँदै मेलम्ची खानेपानीको मुहानसम्म पुग्ने सडक सञ्चालनमा ल्याउन सरकारले प्रयास गरेको गृहमन्त्री खाँणले जानकारी दिए ।

गृह मन्त्रालयमा आइतबार बसेको बैठकले विज्ञ टोली लिएर मेलम्चीको मुहानको जोखिम अध्ययन गर्ने, सुन्दरीजल, पाटी भञ्ज्याङ हुँदै हेलम्बु पुग्ने वैकल्पिक बाटो सुचारु गराउने, हेलम्बुको चनौटे र क्युउल जोड्ने बेल्ली ब्रिज भौतिक योजना मन्त्रालयले निर्माण गर्ने निर्णय गरेको पनि उनले बताए ।

मेलम्ची बाँधस्थलमा भएको क्षति र सम्भावित जोखिमको आँकलन खानेपानी तथा सरसफाइ मन्त्रालयले प्राधिकरणसँगको संयुक्त टोली बनाइ गर्ने समेत निर्देशन भएको गृहमन्त्री खाँणले सदनलाई जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस