२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङका बाढीपीडितलाई राहत वितरण

अ+ अ-

मनाङ । पूर्व मन्त्री एवं नेपाली काँग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले र प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले मनाङका बाढीपीडितलाई रु ३० लाख बराबरको राहत उपलब्ध गराएका छन् ।

उनीहरुले मनाङका प्रत्येक घरलाई दाल, चामल, तेल, नुनलगायतका खाद्य सामग्री राहतस्वरुप उपलब्ध गराएका हुन्। उनीहरुले मनाङका चार वटै गाउँपालिकाका लागि राहत वितरण गरेका हुन्। उनीहरुले ४१ हजार केजी खाद्यान्न नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङ पुर्‍याएका थिए।

खराब मौसमका कारण खाद्यान्न पुर्‍याउन नसकिएका बाँकी ठाउँमा मौसममा सुधार आउने बित्तिकै ढुवानी गरिने पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङले बताए ।

त्यसका लागि राहत वितरण टोलीका सदस्यलगायत हेलिकप्टर र चालक दलका सदस्य लमजुङको बेँसी सहरमै बसेको नेपाली काँग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले जानकारी दिए ।

मौसम सफा भएमा आज बिहानै निस्याङको मनाङ, नार्पाभूमि गाउँपालिकाका लागिसमेत गरी कूल ११ उडान भर्ने तयारी गरिएको नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए।

हेलिकप्टर लमजुङको बेँसी सहरमा राखिएको र मौसम सफा हुनेबित्तिकै मनाङका विभिन्न गाउँपालिकामा खाद्यान्न पुर्‍याउने गरिएको उनले बताए । पिसाङका स्थानीय राम गुरुङले राहत सामग्री बुझ्दै जोखिम लिएर हामलाई राहत उपलब्ध गराएकाले आफूलाई अभिभावक नै पाएको अनुभूति भएको बताए ।

त्यसै गरी नासोँ गाउँपालिकाका उपाध्यक्ष कमलमाया गुरुङले सबै पालिका बगाएको र गाउँपालिकाको सबै काम अन्य जिल्लाबाट सञ्चालन गर्नुपरेको अवस्थामा राहत आउँदा खुसी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस