इलाम, धनकुटा, काठमाडौँ र हेटौँडाको नासुको परीक्षा केन्द्र तोकियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इलाम, धनकुटा, काठमाडौँ र हेटौँडाको नासुको परीक्षा केन्द्र तोकियो


१७ श्रावण २०७८, आइतबार


काठमाडौँ । लोक सेवा आयोगले खोटाङ, इलाम, काठमाडौँ र हेटौँडाको नायब सुब्बाको पहिलो चरणको परीक्षा केन्द्र तोकेको छ ।

आयोगले धनकुटा कार्यालयको विज्ञापनमा इलाम र खोटाङ परीक्षा केन्द्र राखी परीक्षा दिने परीक्षार्थीहरूको केन्द्र तोकेको हो ।

त्यसैगरी आयोगको काठमाडौँ कार्यालयबाट भएको विज्ञापनमा हेटौँडा र काठमाडौँ परीक्षा केन्द्र राखी परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ ।

नायब सुब्बाको पहिलो चरणको लिखित परीक्षामा काठमाडौँबाट १९ हजार सात सय १२ जनाले परीक्षा दिँदै छन् । जसका लागि काठमाडौँमा १०० वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

भारी सङ्ख्यामा नायब सुब्बाको विज्ञापन

यसैगरी हेटौँडाबाट दुई हजार दुई सय भन्दा बढी परीक्षार्थी पहिलो चरणको परीक्षामा सहभागी हुँदै छन् । हेटौँडामा १२ वटा परीक्षाकेन्द तोकिएको छ ।

यसैगरी धनकुटाबाट भएको विज्ञापनमा खोटाङ परीक्षा केन्द्र राखी दरखास्त दिने करिब सात सय बढीको लागि पाँच वटा परीक्षा केन्द्र तोकिएको छ । धनकुटाकै विज्ञापनमा इलामबाट १७ सय भन्दा बढी परीक्षार्थी सहभागी हुँदै छन् । इलाममा १३ परीक्षा केन्द्र कायम गरिएका छन् ।

लागि इलाममा १३, खोटाङमा ५, र हेटौँडामा १२ वटा परीक्षा केन्द्र निर्धारण गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस