जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन


१६ श्रावण २०७८, शनिबार


काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।

पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो ।

बैठकमा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका छन् ।

पार्टीका ज्येष्ठ सदस्य महिन्द्रराय यादवको अध्यक्षतामा बसेको दलको बैठकले नेता चयन गरेको हो । दलको बैठकमा ३२ मध्ये २१ सांसदको उपस्थिति रहेको थियो ।

संसदीय दलको निर्वाचनका लागि नवराज सुवेदीको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेपछि यादवको मात्रै उम्मेदवारी परेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस