२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच मन्त्रिमण्डल विस्तारबारे छलफल

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिमण्डल विस्तारबारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री नियुक्त भएको दुई हप्ता बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्रिमण्डलमा प्रधानमन्त्री देउवासहित काँग्रेसका चार र माओवादी केन्द्रका दुई जना मन्त्री छन् ।

मन्त्रिपरिषद् विस्तारका लागि क–कसलाई मन्त्री बनाउने भन्नेबारे देउवा र प्रचण्डबीच भेटवार्ता जारी छ । सत्ता गठबन्धनको बैठक पनि बसेको थियो । उक्त बैठकले चाँडै मन्त्रिपरिषद्को टुङ्गो लाग्ने बताइएको थियो । उक्त सत्ता गठबन्धनको बैठकमा सहभागी एमालेको माधव नेपाल पक्षले भने सरकारमा सहभागी हुन नसकिने बताएका थिए ।

स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड माधव कुमार नेपाललाई पनि सरकारमा सहभागी गराउने पक्षमा छन् । उनले नेपाललाई शनिवारसम्म निर्णय गर्न भनेका छन् । नेपालले शनिवार निर्णय दिएमा आइतबारसम्म मन्त्रिपरिषद् विस्तार हुने सङ्केत देखिएको छ ।

नेपाल पक्ष सरकारमा सहभागी भए ६ वटा मन्त्रालय दिने तयारी रहेको स्रोतको भनाइ छ । नेपालले सिफारिस गरेका सांसदहरूलाई स्वतन्त्र हैसियतले मन्त्री बनाउन पनि गठबन्धन तयार रहेको छ । तर नेपाल पक्षले पार्टी एकताको पक्षमा रहेको भन्दै संस्थागतरुपमा सरकारमा सहभागी नहुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस