२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्लाष्टिक उद्योग बन्द गर्न कागेश्वरी मनोहरा न्यायिक समितिको आदेश

अ+ अ-

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका न्यायिक समितिले वडा नं ५ स्थित थली चौरनजिकै आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालन गर्न खोजिएको पशुपति रिसाइकल इण्डष्ट्रीज प्रालिलाई काम रोक्न आदेश दिएको छ ।

स्थानीय टोलवासी र सँधियारको स्वीकृति नलिई आवश्यक कानूनी प्रक्रियासमेत पूरा नगरी प्लाष्टिक रिसाइकल गर्ने उद्योग सञ्चालन गर्न लागिएकामा स्थानीयवासीको उजुरी र विरोधका कारण सञ्चालन नगर्न आज समितिका संयोजक नगरउपप्रमुख बिन्दु सिम्खडा पुडासैनीको नेतृत्वको इजलासले आदेश दिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष राजाराम पुडासैनीले जानकारी दिए । स्टोर चलाउने भन्दै प्लाष्टिक रिसाइकल गर्ने उद्योग सञ्चालन गर्न खोजेपछि स्थानीयवासीले वडाकार्यालय, नगरपालिकासमेतमा ज्ञापनपत्र बुझाउँदै विरोध जनाउँदै आएका थिए ।

न्यायिक समितिको इजलासमा आज बहस भइरहेका बेलासमेत २०० जनाभन्दा बढी स्थानीयवासीले नगरपालिका घेराउ गर्दै नाराजुलुस गरेका थिए । वडाबाट स्वीकृति नै नलिई उद्योगीले टहरा बनाएको पनि वडाअध्यक्ष पुडासैनीले जानकारी दिए । टहरा बनाइसकेपछिमात्र उद्योगी टहरा निर्माणको स्वीकृत माग्दै वडाकार्यालय पुगेका थिए ।

उद्योगसँग सीमा जोडिएका स्थानीयवासी कर्मा शेर्पा निर्माण शुरु भएदेखि नै उद्योग सञ्चालक आनन्दकुमार अग्रवाल र अजय अग्रवाललाई के बनाउन लागेको भनी सोद्धा स्टोर गर्न टहरा बनाएको सुनाएको बताउछन् । टहरा निर्माण सम्पन्न गरेपछि ठूलाठूला यन्त्र झार्न थालेपछि प्लाष्टिक रिसाइकल गर्ने उद्योग बस्तीकाबीच चलाउन लागेको थाहा पाएर त्यसविरुद्ध स्थानीयवासी एकजुट भई विरोधमा उत्रेको उनले सुनाए ।

उद्योग सञ्चालनका विषयमा वातावरण मन्त्रालयले गोलमटोल भाषामा स्वीकृति दिएको भेटिएको वडाअध्यक्ष पुडासैनी बताउछन् । उद्योग चलाउन लागिएको स्थानको २०० मिटरभित्र विद्यालय र अस्पतालसमेत छ । त्यस स्थानमा उद्योग चलाउन नदिने भन्दै स्थानीयवासीले एक वर्षअघिदेखि विरोध जनाउँदै आएका छन् । उद्योगले वातावरणीय प्रभाव मूल्याङ्कनसमेत नगरेको स्थानीयवासीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस