२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेरा कारण मौद्रिक नीतिमा ढिलाइ भएको होइन : अर्थ मन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्री जनार्दन शर्माले आफ्नो निर्देशनमा मौद्रिक नीति ल्याउन नरोकिएको बताएका छन् । काठमाडौँमा भएको कार्यक्रममा अर्थ मन्त्री शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त संस्था भएकाले मौद्रिक नीति ल्याउन रोक्ने वा ढिलाइ गर्न निर्देशन दिने अधिकार आफूसँग नरहेको पनि बताए ।  

राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, नागरिकको अपेक्षा र लाभग्राहीहरूको पूर्वनिर्धारित कार्यक्रममा कुनै किसिमको नकारात्मक असर नपर्ने गरी मौद्रिक नीति ल्याउन मात्र भनेको उनले जानकारी दिए । 

श्वेत पत्रको सम्बन्धमा राखिएको जिज्ञासामा मन्त्री शर्माले कसैलाई गल्ती देखाउन नभइ आफूले जिम्मेवारी लिँदा अर्थतन्त्रको वास्तविक चित्र कस्तो थियो भनेर नागरिकलाई जानकारी दिन मात्र खोजिएको स्पष्ट गर्नुभयो । ‘यो कुनै फिल्म खेल्ने कुरा होइन, भिलेनलाई पछारेर हिरोले जितेको देखाउनलाई, म त्यस्तो अभियानमा छैन । आफूले देखेको कुरा भन्ने हो । जे छ त्यही प्रष्ट राख्ने हो ।’

आफूलाई अहिले नागरिकका अपेक्षाको भारीले त्रसित बनाएको भन्दै मन्त्री शर्माले थप्नुभयो, ‘मसँग काम गर्ने धेरै समय छैन । धेरै गर्न सकिने अवस्था पनि छैन । तर विषय विज्ञ एवम् तपाईँहरू सबैको सुझाव र नागरिकको आवाज दुवै कुरा मिसाएर अर्थतन्त्रलाई केही न केही मात्रामा फरक दिशा दिने सोचेको छु, त्यो म गर्छु ।’ मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने हिसाबले पहलकदमी अघि बढाइने सोच रहेको बताए ।

कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले अर्थतन्त्रको स्थिति कमजोर अवस्थामा रहेको जानकारी दिँदै पुँजीगत खर्च बढाउने र व्यापार घाटा कम गर्ने दिशामा मेहनत गर्नुपर्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस