१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण एसियाकै पहिलो चुरिया माई सुरुङ मार्ग पुनर्निर्माण गरिँदै

अ+ अ-

हेटौँडा। १०४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण भएको एसियाकै पहिलो मानिने सुरुङ मार्गको पुनर्निर्माण सुरु भएको छ । माउन्टेन इन्फ्रा कम्पनीले जिम्मा पाएको यो सुरुङ मार्ग पुनर्निर्माणको शिलान्यास बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका छन् ।

चुरियामाई सुरुङ पुनर्निर्माणको शिलान्यास एक कार्यक्रमबीच बिहीबार बिहान पौडेलले गरेका हुन् । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यातायात पूर्वाधार निर्देशनालयले करिब पाँच करोड रुपैयाँको अधिकतम सीमाभित्र सुरुङ मार्गको पुनर्निर्माण गर्ने गरि बोलपत्र आह्वान गरेको थियो । 

उक्त बोलपत्र अनुसार माउन्टेन इन्फ्रा कम्पनीको प्रस्ताव छनोट भएको हो । यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा। सहदेवबहादुर भण्डारीका अनुसार उक्त ठेकेदार कम्पनीले काम अघि बढाउने भएपछि शिलान्यास गरिएको हो ।

सन् १९१७ मा दक्षिण एशियाकै मानव निर्मित पहिलो ‘चुरियामाई सुरुङमार्ग’ बनेको थियो । श्री ३ चन्द्र शमशेरको पालामा नेपाली सेनाका कर्णेल इन्जिनियर डिल्लीजंग थापाको इन्जिनियरिङमा बनेको यो सुरुङलाई सम्पदाका रुपमा संरक्षण पुनर्निर्माण थालिएको हो ।

प्रदेश–२ को बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने ५ सय मिटर लामो चुरियामाई सुरुङ मार्ग राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा वि.सं. १९७४ तिर निर्माण भएको हो । यस मार्गबाट वि.सं. २०२० सम्म सवारी चल्ने गरेका थिए । यो सुरुङ नेपालको पहिलो हो । एसियामै सुरुङ मार्ग नभएकाले नेपाल आएका भूगोलविद् टोनी हेगनले आफ्नो आत्मकथामा पनि उल्लेख गरेका छन् । हेगनले आफ्नो पुस्तकमा यो सुरुङमार्गलाई विश्वको आठौँ आश्चर्य भनेका थिए । 

स्विट्जरल्यान्डबाट नेपालको खानीसहित भौगर्भिक अवस्था अध्ययन गर्न नेपाल आएका हेगनले आफ्नो पुस्तक ‘दि हिमालयन किङ्डम अफ नेपाल’ मा यो सुरुङ मार्गले आफूलाई चकित बनाएको लेखेका छन् । यातायातका साधन चलाउन दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ मार्गको ऐतिहासिक महत्व छ ।

यो सुरुङमार्गको एकातिरको भाग पहिरोले पुरिएपछि अहिले दुई सय ८० मिटर मात्रै बाँकी छ । यो सुरुङ मार्ग नजिकै देशकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ। सुरुङ खन्न थालिएपछि उनलाई सपनामा देवीले ‘म बसेको ठाउँमा बाटो खनिस्, एउटा मन्दिर बनाएर मलाई स्थापित गर्नु’ भनेकाले चुरियामाई मन्दिर बनाइएको उक्ति चर्चित छ ।

प्रतिक्रिया दिनुहोस