देउवालाई नेपालको सुझाव : काबिल सहयोद्धा चयन गर्नुस् « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

देउवालाई नेपालको सुझाव : काबिल सहयोद्धा चयन गर्नुस्


१४ श्रावण २०७८, बिहिबार


काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री  शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

विश्व बाघ दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले काबिल सहयोद्धा चयन गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका हुन् ।

नेता नेपालले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्री मात्र भएर हुँदो रहेनछ, सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल चाहिन्छ, समर्पित चाहिन्छ र सिर्जनात्मक पनि चाहिन्छ ।’

नेता नेपालले आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा गौरव गर्न लायक काम भएको बताएका छन् ।

उनले आफू २००९ मे देखि २०११ फेब्रुअरीसम्म प्रधानमन्त्री बनेको जानकारी दिँदै प्रकृति संरक्षणको सन्दर्भमा केही काम हुन गएको कुराप्रति आफूलाई गौरववोध हुने गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस