जसपाको मन्त्रीबारे निर्णय लिने जिम्मा तीन नेतालाई « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जसपाको मन्त्रीबारे निर्णय लिने जिम्मा तीन नेतालाई


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालबाट सरकारमा सहभागी हुने नेताबारे निर्णय लिने जिम्मा पार्टीका तीन शीर्ष नेतालाई दिएको छ ।

बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा मन्त्री पठाउने बारेमा निर्णय गर्ने जिम्मेवारी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको छ । जसपा नेपालले सरकारमा सहभागी हुने यसअघि नै निर्णय गरिसकेको छ ।

जसपाबाट मन्त्री बन्ने आकांक्षी धेरै भएका हुनाले त्यसका बारेमा निर्णय गर्ने अधिकार पार्टीका शिर्ष नेताहरुलाई दिइएको बैठकमा सहभागी एक कार्यकारिणी सदस्यले बताए । उनीहरुले मापदण्ड पुरा गरेर मन्त्रीको नाम चयन गरी सरकारलाई पठाउने बताइएको छ ।

बैठकमा मन्त्री कसलाई पठाउने विषयमा छलफल भएपनि कुनै व्यक्तिको विषयमा छलफल नभएको प्रचार विभागका प्रमुख एवं कार्यकारिणी सदस्य डम्बर खतिवडाले बताए ।

बुधबारको बैठकले जसपासँग एकीकरण भएको नेपाल लोकतान्त्रिक पार्टीको शिवलाल समूहका अध्यक्ष शिवलाल थापालाई कार्यकारिणी समितिमा थप गरेको छ । त्यस्तै केन्द्रीय समिति सदस्यहरुको नमावली अध्यावधिक गर्न मृगेन्द्र सिं यादव, रेणु यादव, गंगा श्रेष्ठ, गजाधर यादव र रमेश यादव रहने गरी ५ सदस्यीय कार्यदल बनाएको छ ।

बैठक भोलि ११ बजे पुनः बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस