गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए शपथ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए शपथ


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र मन्त्रीहरु सहभागी थिए ।

राष्ट्रपति भण्डारीले मंगलबार गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ती दुई प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस