माधव नेपाललाई २२ सांसदको दबाब : सरकारमा जानु पर्छ « प्रशासन
Logo १७ मंसिर २०७९, शनिबार
   

माधव नेपाललाई २२ सांसदको दबाब : सरकारमा जानु पर्छ


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन उनी पक्षीय सांसदहरूले दवाबा दिएका छन् । बुधबार नेता नेपालसँग छलफलमा जुटेका २२ जना सांसदहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दबाब दिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदले सरकारमा जान अब धेरै अलमलमा बस्न नहुने सुझाव दिएका छन् ।

छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै सांसदहरूले सरकारमा सहभागी हुन नेता नेपाललाई सुझाव दिएको बताए । ‘सरकारमा जानुपर्छ भन्ने सबै सांसदले धारणा राख्नुभयो । तर वरिष्ठ नेता नेपालले हाम्रो कुरा सुन्नु मात्रै भयो । पछि निर्णय गरौंला भन्नुभयो’ चौधरीले भने, ‘सरकारमा सहभागिताको विषयमा एकमत देखियो ।’

एमाले एकता प्रयास जारी रहेकाले वरिष्ठ नेता नेपाल तत्काल सरकारमा नजाने पक्षमा छन् । तर नेपाल पक्षीय कतिपय सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस