अस्पतालबाट २०३ दिनपछि डिस्चार्ज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अस्पतालबाट २०३ दिनपछि डिस्चार्ज


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । अमेरिकामा एक कोरोना सङ्क्रमित अस्पताल भर्ना भएको २०३ दिनपछि डिस्चार्ज भएका छन् । कोभिड –१९ सङ्क्रमणपछि अस्पताल भर्ना भएका ५८ वर्षीय सिन हन्ट अस्पतालबाट २०३ दिनपछि डिस्चार्ज भएका हुन् ।

हन्टको नोर्फोल्क र नोर्विच अस्पतालमा उपचार गरिएको थियो । उनी गत जनवरीमा बिरामी भएपछि अस्पताल भनाए भएका थिए । उनी कोरोना सङ्क्रमण अघि मधुमेह र म्यांक्रियाटिजका बिरामी पनि थिए ।

लामो समय अस्पतालमा बिताएका हन्टले आधा भन्दा बढी समय आईसीयूमा बिताएका थिए । हालसम्म सबैभन्दा लामो समय अस्पताल बस्ने कोरोना संक्रमित उनी नै हुन् ।

उनको अवस्था देखेर परिवारले अन्तिम बिदाइको लागि अस्पताल पुगेका थिए । उनी पेसाले शिक्षक पनि हुन् । उनको उपचार भेन्टिलेटरमै राखेर गरिएको थियो । डाक्टरहरूलाई पनि उनी बाँच्लान् जस्तो लागेको थिएन ।

उनको म्यांक्रियाटिजको उपचारको क्रममा सात पटक अपरेसन गरिएको थियो । शरीरका अधिकांश अङ्गहरूले काम गर्न छोडिसकेकाले उपचारमा संलग्न डाक्टरले पनि बाँच्न सम्भावना निकै कम रहेको बताएका छन् । तर उपचारको प्रयास जारी नै राखिएको थियो ।

उपचारमा संलग्न डाक्टर भास्कर कुमारले बीबीसीलाई भनेका छन्,‘यो रोग लाग्ने जोखिम निकै कम हुनु निकै ठूलो कुरा हो,’ उनले भने, ‘तपाईँले आफ्नो र आफ्ना प्रिय मान्छेहरूलाई सुरक्षित गर्न खोप लगाउनुपर्छ । यो धेरै ठूलो कुरा हो ।’

अहिले उनी सामान्य अवस्थामा छन् हिँड्नलाई अरूको साहारा चाहिन्छ । उनी पहिले जसरी नै आफै हिँड्न सक्ने विश्वास छ ।

अस्पतालबाट डिस्चार्ज भएका हन्टले कोरोनाविरुद्ध खोप नलिएका व्यक्तिहरूलाई खोप लिन आग्रह गरेका छन् । नृत्य र डान्समा रुचि राख्ने हन्टले छिट्टै डान्सफ्लोरमा फर्किने योजना रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस