टोकियो ओलम्पिक : गौरिकाले आज प्रतिस्पर्धा गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टोकियो ओलम्पिक : गौरिकाले आज प्रतिस्पर्धा गर्ने


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । टोकियो ओलम्पिकमा आज नेपालकी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् । जापानको एक्वाटिक्स सेन्टरमा हुने प्रतिस्पर्धामा महिला १०० मिटर फ्रिस्टाइलमा उनले प्रतिस्पर्धा गर्नेछिन् ।

उक्त प्रतिस्पर्धामा ५२ जना खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । जसमध्ये १६ जना मात्रै सेमिफाइनलमा पुग्ने छन् ।

नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे गौरिकाको प्रतिस्पर्धा हुने छ ।

यस नेपालका अर्का पौडी खेलाडी एलेक्स शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान सुधार गरिसकेका छन् । गौरिकाको पनि १०० मिटर फ्रिस्टाइलमा कीर्तिमान बनाउने लक्ष रहेको छ ।

गौरिका र एलेक्सले ओलम्पिक सुरु हुनु अघि तोकुसिमोमा दुई साताको विशेष प्रशिक्षण गरेका थिए ।

गौरिका पहिलो पटक सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी बनेर सहभागी भएकी थिइन् ।

नेपालमा भएको आठौँ राष्ट्रिय खेलकुदमा उनले २५ मिटरको पुलमा ५९.६० सेकेण्डको टाइमिङ निकालेकी थिइन् । २०१९ मा नेपालमै भएको १३औँ सागमा गौरिकाले ५८.१३ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

उनको सन् २०१९ मा चीनमा भएको फिना वर्ल्ड च्याम्पियनसिपमा ओलम्पिक इन्ट्री टाइमिङ १ मिनेट ००.६२ रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस