राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्त


१२ श्रावण २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना प्रमुखलाई पदमुक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारीसमा गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् ।

नेपाल सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले गण्डकी प्रदेशकी प्रदेश प्रमुख पौडेल र लुम्बिनी प्रदेशका प्रमुख यादवलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

​नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहाय अनुसारका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको उल्लेख छ ।

मन्त्रिपरिषद्ले पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखको रुपमा नियुक्तगर्न सिफारीस गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस