भारत मोतिहारीबाट दुई नेपाली युवतीको उद्धार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारत मोतिहारीबाट दुई नेपाली युवतीको उद्धार


१२ श्रावण २०७८, मंगलबार


झापा । बिर्तामोड नगरपालिका–२ का दुई युवतीलाई प्रहरीले माइती नेपालको सहयोगमा भारतको मोतिहारी जिल्लाको छौडादानीबाट उद्धार गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २१ वर्षीया मन्दिरा बस्नेत र उनकी १५ वर्षीया बहिनी राधिका बस्नेतलाई उद्धार गरिएको हो।

वीरगञ्ज प्रहरीको सहयोगमा उद्धार गरिएका दुवैलाई हाल वीरगञ्जस्थित माइती नेपालको उद्धार केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई बिर्तामोडकै लक्ष्मी दास र सुनसरी जिल्लाको इटहरी बस्ने खुस्बुले ललाइफकाइ एक हप्ताअघि भारतको मोतिहारी पुर्‍याएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।

गत साउन ४ गते ती युवती हराएको भन्दै खोजतलास गरी पाउँ भनी निवेदन दिएलगत्तै प्रहरीले खोजी शुरू गरेको थियो।

उद्धार गरिएका दुवैलाई आफन्तको जिम्मा लगाउने पहल भइरहेको छ। त्यसैगरी भारत लैजाने लक्ष्मी र खुम्बुलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस