२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अघिल्लो सरकारले सुरु गरेका कार्यक्रममा प्रतिशोध नहोस्’

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि खोप प्रभावकारी रुपमा अघि बढाउन, बाढी पहिरो पीडितलाई राहत र सुरक्षित बसोबासको व्यवस्था गर्न तथा अघिल्लो सरकारले सुरु गरेको विकास निर्माणलाई बिना प्रतिशोध अघि बढाउन माग गरेको छ ।

प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा एमालेका पदम गिरीले देश कोरोना कहरले आक्रान्त र उद्योगधन्दा अस्तव्यस्त रहेको जनाउँदै खोप व्यवस्थित ढङ्गले अघि बढाउन सुझाव दिए ।

उनले भने, ‘छिमेकीका घरमा आश्रय लिइरहेका बाढी पहिरो पीडितलाई राहत र पुनर्वासका कार्यक्रम ल्याउनुस्, सुकुम्वासीलाई निराश बनाउने काम नहोस्, सरकारले प्रतिशोधको भावनाले अघिल्लो सरकारले सुरु गरेका विकास र समृद्धिका कार्यक्रमलाई प्रभावित नतुल्याइयोस् ।

नेपाली काँग्रेसका दिव्यमणि राजभण्डारीले लामो समयदेखि रिक्त रहेको उपसभामुखको चयन यथाशीघ्र गर्न र पुनर्स्थापित संसद् र सांसदलाई क्रियाशील बनाउन सुझाव दिए । उनले भने, ‘कोभिड–१९ सङ्क्रमण रोकथामका लागि प्रभावकारीरुपमा कार्यक्रम अघि बढाउन सर्वदलीय समिति बनाइसोस्, मन्त्रिमण्डलले छिटो पूर्णता पाओस्, सरकारबाट जनहितका पक्षमा निर्णय होस् ।’

नेकपा (माओवादी केन्द्र) का यशोदा सुवेदीले यस वर्षको बाढी पहिराबाट ठुलो जनधनको क्षति भएको मनाङ जिल्लामा विपद्पछिको पुनर्निर्माण र राहतका कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाउन सुझाव दिइन् । उनले भनिन्, ‘बाढी पहिराबाट अस्तव्यस्त रहेका जिल्लाका सडक, विद्युत्, अस्पताल तथा निजी र सरकारी पूर्वाधार निर्माण कार्य तत्काल र दीर्घकालीन योजनासहित अघि बढाइयोस् ।’

जनता समाजवादी पार्टी नेपालका प्रमोद साहले नागरिकतासम्बन्धी विधेयक सदनबाट समयमा पारित नहुँदा धेरै जनताले असहज स्थिति बेहोर्नु परेकाले राजनीतिक दलबिच सहमति कायम गरी यथाशीघ्र यस विषयलाई अघि बढाउन माग गरे । उनले भने, ‘तीन वर्षअघि निर्वाचन जितेर सदनमा आए लगत्तै उठाइएको नागरिकता विधेयकले आजका दिनसम्म पूर्णता नपाउँदा धेरै नागरिक समस्यामा परेको छ, छिटो यो विषय सुल्झाइयोस् ।’

नेपाल मजदुर किसान पार्टी प्रेम सुवालले सरकारले समयमै आवश्यक चासो र चिन्ता नलिएका कारण पहिलो खोप लगाएका कयौँ नागरिक दोस्रो खोप नपाएर शून्य हुने अवस्थामा पुगेको आरोप लगाए । उनले भने, ‘कोरोना बिमा बापतको रकम अग्रमोर्चामा रही काम गरिरहेका चिकित्सकले नै समयमा पाउन नसकेको अवस्था छ, दूरदराजका अस्पतालमा औषधि र उपकरण पुगे पनि आवश्यक जनशक्ति उपलब्ध नभएका कारण सेवा प्रभावकारी हुन सकेको छैन, यसमा सरकारको ध्यान जाओस्, भक्तपुरको ताथलीमा पहिराबाट बस्ती नै जोखिममा रहेकाले बेलैमा रोकथाम गरी जनधनको क्षति हुन नदिनेतर्फ सरकार सजग होस् ।’

प्रतिक्रिया दिनुहोस