विश्वभर तीन अर्ब ८८ करोड ५६ लाख ३१ हजार २३२ डोज खोप लगाइयो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विश्वभर तीन अर्ब ८८ करोड ५६ लाख ३१ हजार २३२ डोज खोप लगाइयो


१२ श्रावण २०७८, मंगलबार


बाल्टिमोर । विश्वभर तीन अर्ब ८८ करोड ५६ लाख ३१ हजार २३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ५५ करोड २ लाख ६८ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४४ करोड १९ लाख १२ हजार ३९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३४ करोड ११ लाख ६० हजार ९३९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा १२ करोड ८० लाख ७२ हजार २४३ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । जर्मनी ८ करोड ९३ लाख ८७ हजार २५७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा ८ करोड ४५ लाख ८८ हजार ५३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

जापान ७ करोड ७७ लाख २६ हजार ९२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ९८ लाख ८४ हजार ७६७ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड ७७ लाख ८७ हजार ३३२ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ५८ लाख ८७ हजार ९५४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस