सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगबाट एकजना होटल सञ्चालक सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ ।
वीरेन्द्रनगरको जुम्ला रोडमा रहेको सुर्खेती स्टाप होटलबाट दुई लाख १४ हजार ९७० रुपैयाँसहित सोमबार साँझ उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।
पक्राउ पर्नेमा हाल वीरेन्द्रगर–३ तातोपानी बस्दै आएका दैलेख चामुण्डाका ३० वर्षीय किरण विष्ट, वीरेन्द्रनगर–६ रातोपुलका २२ वर्षीय बखत शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका घर भई हाल वीरेन्द्रनगर–४ मा बस्दै आएका लोकबहादुर बुढा, गुराँस गाउँपालिका दैलेख घर भई वीरेन्द्रनगर–४ भैरवस्थान बस्ने ३० वर्षीय पदमबहादुर बलामी, सोही ठाउँमा बस्ने चिङ्गाड गाउँपालिकाका ४० वर्षीय बलहादुर बाह्रघरे रहेका छन् ।
यस्तै दैलेखको गुराँस घर भई वीरेन्द्रनगर–४ बस्दै आएका यामबहादुर रोकाया, तुर्माखाँद गाउँपालिका अछाम घर भई वीरेन्द्रगर–३ बस्दै आएका ३५ वर्षीय जीवन शाही र होटेल सञ्चालक दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ घर भई वीरेन्द्रनगर–४ भैरवस्थान बस्ने २६ वर्षीया शकुन्तला न्यौपानेलाई पनि पक्राउ गरिएको छ ।
उनीहरुलाई गोप्य सूचनाका प्रहरी निरीक्षक कनक शाहीको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनिहरुबाट नगद दुई लाख १४ हजार ९७० रुपैयाँ नगद, विभिन्न बैंकको ११ थान चेक, प्रभु बैंकको दस्ताखतसहित ४ लाखको एक थान चेक र एक गड्डी तास पक्राउ
गरेको छ ।
उनीहरूलाई जुवा ऐनअनुसार कारबाही गरिने भएको छ ।