कटुवा पेस्तोलसहित वीरगञ्जबाट तीन जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कटुवा पेस्तोलसहित वीरगञ्जबाट तीन जना पक्राउ


११ श्रावण २०७८, सोमबार


वीरगञ्ज । कटुवा पेस्तोलसहित तीन जना युवकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२५ बस्ने २२ वर्षीय अनिल पटेल, २० वर्षीय रक्की पटेल र पोखरिया नगरपालिका–२ बस्ने २० वर्षीय विक्रान्त पटेल रहेका छन्।

वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा चोकस्थित एक होटलमा तीनै जना सानो हतियार बेचविखन गर्ने उद्देश्यले बसिरहेको अवस्थामा प्रदेश २ प्रहरी कार्यालय, जनकपुर र जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये अनिल पटेलको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई हातहतियार सम्बन्धी कसुरमा अनुन्धान अगाडि बढाइएको खनालले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस