प्रदेश १ का १४ जिल्लामा भेरोसेल खोप पठाउन सुरु गरियो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश १ का १४ जिल्लामा भेरोसेल खोप पठाउन सुरु गरियो


१० श्रावण २०७८, आइतबार


मोरङ । कोरोना भाइरसविरुद्धको खोप लगाउने विषयमा चर्को आलोचना भइरहँदा विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खोप प्रदेशका सबै जिल्लामा पुर्‍याइसक्ने जनाएको छ ।

केन्द्रका प्रमुख शम्भु शाहका अनुसार कोरोनाविरुद्धको खोप वितरणका लागि शनिवारबाट १४ जिल्लामा पठाइएको छ । सोमवारसम्ममा १४ जिल्लाभरि खोप वितरण कार्य सम्पन्न गरिसक्ने उनले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट शुक्रवार प्राप्त खोप जिल्लातर्फ वितरण सुरु गरिएको केन्द्रका प्रमुख शाहले बताए । शाहका अनुसार आइतबार सुनसरी, उदयपुर, झापा, इलाम र पाँचथरका जिल्लाहरुमा भेरोसेल खोप पठाइएको छ ।

प्रदेश १ मा १ लाख ६९ हजार डोज भेरोसेल खोप र ४८ हजार भायल अर्थात २ लाख ४० हजार डोज अमेरिकी खोप जोनसन एण्ड जोनसन आएको छ। शाहले भेरोसेल खोप लगाउने कार्य सम्पन्नपछि जोनसन खोप वितरण सुरु गरिने जानकारी दिए ।

भेरोसेल खोप ५४ वर्षमाथि र जोनसन एण्ड जोनसन खोप ५० वर्षमाथिका व्यक्तिहरुलाई लगाइने सरकारले तयारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस