सात बुँदे मागसहित यातायात व्यवसायीले सरकारलाई बुझाए गाडीको ‘चाबी’ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सात बुँदे मागसहित यातायात व्यवसायीले सरकारलाई बुझाए गाडीको ‘चाबी’


१० श्रावण २०७८, आइतबार


काठमाडौँ। यातायात व्यवसायीले विभिन्न सात बुँदे मागसहित प्रधानमन्त्रीलाई गाडीको चाबी बुझाएका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घले आइतबार काठमाडौँका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई गाडीको चाबी बुझाएका हुन् ।

उनीहरूले माग पूरा नगरे यातायात सञ्चालन गर्न नसकिने बताएका छन् ।

ज्ञापनपत्रमा खोपको व्यवस्था र सवारी दुर्घटना भएमा ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपर्ने, भाडा समायोजन गर्नुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक चेकजाँचको आधारमा थप १० वर्ष चलाउन दिन माग गरिएको छ ।

कोरोनाको कारण बन्दाबन्दीको अवधिलाई शून्य समय मान्दै मौद्रिक नीतिमार्फत यातायात व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा, कर्जा पुनर्तालिकीकरणसहित ब्याजदरमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने, दुर्घटनाको गम्भीर उपचारमा २० लाखसम्मको बिमा हुनुपर्ने माग राखेका छन् ।

यस्ता छन् माग :

Tags :
प्रतिक्रिया दिनुहोस