पार्टीका सबै ४९ सांसदलाई मन्त्री चाहिएको छ, म तनावमा छु : प्रचण्ड « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पार्टीका सबै ४९ सांसदलाई मन्त्री चाहिएको छ, म तनावमा छु : प्रचण्ड


९ श्रावण २०७८, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पार्टीका ४९ सांसदलाई मन्त्रीको पद चाहिएकोले आफू तनावमा रहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा शनिवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीका सबै सांसदलाई मन्त्री पद चाहियो भन्दै दबाब आएकोले आफू तनावमा भएको जानकारी दिए ।

उनले भने,‘हामीले धेरै पायौँ भने ७ जनासम्मलाई मन्त्री बनाउन पाउने हो । यहाँ मन्त्री पाइएन भने नेतृत्वलाई सराप गर्ने, मन्त्री पाए मात्र काम गर्ने प्रवृत्ति अहिले जबरजस्त रूपमा विकास भएको छ । या ठुलै नियुक्ति पायो भने ठिक छ, पाएन भने नेतृत्व बदमासै हो भन्ने प्रवृत्ति छ । तीन चार दिनदेखि म निकै मानसिक तनाव भित्र छु । मलाई त ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो जस्तो लागेको त छ । हामी कुरा गर्दा कम्युनिस्ट पार्टी यस्तो हुनुपर्छ भनेर आदर्शका कुरा गर्ने तर चित्त भने मन्त्री पद पाइन्छ कि पाइँदैन भन्ने छ।’

Tags :
प्रतिक्रिया दिनुहोस