‘मुन्द्रेको कमेडी क्लब’ सोमबारदेखि पुन: प्रशारण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘मुन्द्रेको कमेडी क्लब’ सोमबारदेखि पुन: प्रशारण


८ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । कोरोनाको दोस्रो लहर शुरु भएसँगै गरिएको निषेधाज्ञाका कारण रोकिएको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ भागको छायाँकन शुरु भकएको छ ।

आगामी सोमबारदेखि शोलाई नियमित प्रशारणमा ल्याउने तयारीका साथ छायाँकन शुरु गरिएको हो । निषेधाज्ञाको समयमा ‘मुन्द्रेको कमेडी क्लब’मा पुरानै भागहरु प्रशारण गरिएको थियो ।

नेपाल टेलिभिजनबाट सोमबार बेलुका प्रशारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ लोकप्रिय कमेडी कार्यक्रममा पर्दछ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस