सिमकोट गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सिमकोट गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग


८ श्रावण २०७८, शुक्रबार


सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाले विभिन्न स्वास्थ्य संस्थालाई चार वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

कोरोना जोखिमका बीच ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा अक्सिजन अभावको समस्या नहोस् भनेर अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष पद्मबहादुर लामा, स्वास्थ्य संयोजक दानबहादुर बोहरा र ध्रुव सिंहको पहलमा अक्सिजन कन्सनट्रेटरसहित रु नौ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

राष्ट्रिय आविष्कार केन्द्रबाट तीन र बौद्धिष्ट विहार बूढानीलकण्ठ काठमाडौँबाट एक गरी प्राप्त कूल चार वटा अक्सिजन कन्सन्ट्रेटर गाउँपालिकाभित्रका ठेहे, बरगाउँ, डाडाफयाँ र स्याडा स्वास्थ्यचौकीमा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक दानबहादुर बोहराले जानकारी दिए ।

आवश्यकताको पहिचान गरी ती स्वास्थ्य सामग्री उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष लामाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस