पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीय युवक बेपत्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीय युवक बेपत्ता


८ श्रावण २०७८, शुक्रबार


ढल

नवलपुर । नलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् । वडा नं ५ मा पर्ने भैँसी खोलामा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल लम्का मगर बिहीबार अपराह्न डुबेर बेपत्ता भएका हुन् ।

छिमेकीको मलामी गएर फर्किँदै गर्दा स्थानीय भैँसी खोलाको बाँधमा पौडी खेल्ने क्रममा मगर डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । बेपत्ता भएका मगरको इलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरी टोलीका साथै स्थानीयवासी मिलेर खोजी कार्य जारी राखिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस