चितवन निकुञ्जमा भाले गैँडा मृत फेला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चितवन निकुञ्जमा भाले गैँडा मृत फेला


८ श्रावण २०७८, शुक्रबार


नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ । मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए । योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८/७९ मा तीन वटा भाले गैँडाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस