एसएसपी राणालाई डिआइजी बढुवा गर्न सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एसएसपी राणालाई डिआइजी बढुवा गर्न सिफारिस


७ श्रावण २०७८, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सौरभ राणालाई प्रहरी नायब महानिरीक्षक(डिआइजी) पदमा पदोन्नति गर्न सिफारिस गरेको छ।

गृह सचिव महेश्वर न्यौपानेको नेतृत्वमा रहने बढुवा सिफारिस समितिले एसएसपी राणालाई बढुवा गर्न बिहीबार सिफारिस गरेको हो।

हाल रिक्त रहेको एक जना डिआइजीको दरबन्दीमा एसएसपी राणालाई बढुवा सिफारिस गरिएको गृह स्रोतले जनाएको छ।

डिआइजी सहकुल बहादुर थापा एआइजीमा बढुवा भएपछि डिआइजीको दरबन्दी रिक्त थियो।

रिक्त दरबन्दी परिपूर्ति गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेसँगै उनको नाम बढुवा सूचीमा आएको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका प्रहरी अधिकारी राणा हाल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा कार्यरत छन्।

Tags :
प्रतिक्रिया दिनुहोस