कांग्रेसले पार्टीको बैठक बालुवाटारमा नगर्ने, भोलिको बैठक बूढानीलकण्ठमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कांग्रेसले पार्टीको बैठक बालुवाटारमा नगर्ने, भोलिको बैठक बूढानीलकण्ठमा


७ श्रावण २०७८, बिहिबार


काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नगर्ने भएको छ । कांग्रेसका नेता पूर्णबहादुर खड्काले अब पार्टीका कुनै पनि बैठक प्रधानमन्त्रीको सरकारी निवासमा नगर्ने जानकारी दिएका छन्।

भोलि शुक्रवार बस्ने पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने नेता खड्काले बताएका छन्।

खड्काले ट्विटरमा लेखेका छन्, ‘विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने, त्यही निर्णय कार्यान्वयनको प्रारम्भ गर्दै भोलि साउन ८ गतेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बूढानीलकण्ठमा बस्दै छ ।’

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पार्टीका बैठक सरकारी निवासमा गरेर सरकारी सम्पत्तिको दुरुपयोग गरेको भन्दै व्यापक आलोचना भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस