२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोजना प्रभावित स्थानीयका लागि दुई जलविद्युत कम्पनीको आइपिओ निष्कासन

अ+ अ-

काठमाडौँ । आयोजना प्रभावित स्थानीयका लागि दुई जलविद्युत कम्पनीले प्राथमिक सेयर (आइपिओ) खुल्ला गरेको छ । तेह्रथुम पावर कम्पनी लिमिटेड र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजबाट आइपिओ निष्कासन गरेका हुन् ।

तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अङ्कित मूल्यको ४ लाख कित्ता सेयर निष्कासन गरेको हो । उक्त आइपिओमा लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा साउन १९ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड तोकिएको छ । स्थानीय बासिन्दाले आईपीओमा माछापुच्छ्रे बैङ्क धनकुटा शाखा, नेपाल बङ्गलादेश बैङ्कको सङ्क्रान्ति, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैङ्कको जिरी खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका तेह्रथुमबाट आवेदन गर्न सकिने छ ।

यस्तै कोरोना महामारीका कारण स्थगित भएको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको ६० लाख कित्ता आइपिओ आयोजना प्रभावित स्थानीयका लागि आजबाट पुनः बिक्री खुला भएको छ ।

जसमध्ये १८ लाख कित्ता आईपीओमा आयोजना प्रभावित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५, बाह्रबिसे नगरपालिका वडा नम्बर ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नम्बर ७ र ८ का स्थायी बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै बाँकी ४२ लाख कित्ता सेयरका लागि सिन्धुपाल्चोक जिल्ला भरका स्थानीयले आवेदन दिन सक्नेछन् ।

आईपीओमा साउन १७ गतेसम्म आवेदन दिन सकिने छ । त्यो समयमा पुरै सेयर बिक्री नभए साउन ३२ गतेसम्म आइपिओ भर्न पाइनेछ । आईपीओमा आवेदन दिन ग्लोबल आइएमई बैङ्क, लक्ष्मी बैङ्क, मेगा बैङ्क, नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क, सिन्धु विकास बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, सिभिल बैङ्क, प्रभु बैङ्क, नेपाल बङ्गलादेश बैङ्क, कुमारी बैङ्क, बैङ्क अफ काठमान्डु र एनआईसी एसिया बैङ्कका सिन्धुपाल्चोक शाखा कार्यालयबाट भर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस