अविरल वर्षाका कारण चन्द्रनहर भत्कियो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अविरल वर्षाका कारण चन्द्रनहर भत्कियो


५ श्रावण २०७८, मंगलबार


राजविराज । अविरल वर्षाका कारण देशकै पुरानो चन्द्रनहर भत्किएको छ । अमहा र टेङ्ग्रालसहितका खोलामा आएको बाढीले सप्तकोशी नगरपालिका–४ स्थित बलारदहका दुई ठाउँका नहरमा क्षति पुर्‍याएको छ ।

नगरप्रमुख उत्तम गौतमले सो क्षेत्रका ५० मिटरसम्म नहर भत्किएको जानकारी दिए। उनका अनुसार नहर भत्किएपछि सप्तकोसी – १, २, ४ र ११ वडाका करिब ३०० घरसमेत डुबानमा परेको छ । ती घरमा तीन फिटसम्म पानी जमेको बताइएको छ ।

यस्तै जिता नदीको बाढीले तिलाठी– कोइलाडी गाउँपालिका–७ मन्सापुर र वडा नं ५ बरसाइनका केही घर डुवानमा परेका छन् । तिलाठी कोइलाडी –७ को मन्सापुर र वडा नं– ५ को बरसाइनका करिब २०० भन्दा बढी घर डुबेको गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले जानकारी दिए । चन्द्रनहरमा क्षमता भन्दा बढी पानी प्रवाह भएकाले महादेवा गाउँपालिका–४ मनियार प्रसाही क्षेत्र पनि जोखिममा परेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस