मनाङको चामेका पहिरो पीडितको समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

मनाङको चामेका पहिरो पीडितको समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन


५ श्रावण २०७८, मंगलबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मनाङको चामेको पहिरो पीडितहरूको समस्या समाधान गर्न निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा गृहमन्त्री थापाले उक्त निर्देशन दिएका हुन् ।

यस्तै पहिरोले मर्स्याङ्दीको बहाव परिवर्तन भएकाले त्यसलाई पहिलाकै अवस्थामा फर्काउने काम गर्न प्राविधिक समिति गठन गर्ने निर्णय पनि भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्री खाँणले लमजुङको बेसीसरहबाट चामेसम्म खाद्यान्न पुर्‍याउन नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्न निर्देशन दिएका थिए ।

छलफलमा गृह सचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक अर्जुन थापा, उपरथी शरदलाल श्रेष्ठ र त्यहाँ काम गरिरहेका प्रमुख सेनानी (इन्जिनियर) इन्दिवर गुरुङ सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस