२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१८ दिनपछि खुल्यो कालीगण्डकी करिडोर

अ+ अ-

बलेवा । बागलुङको दक्षिण क्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडिएको छ । गत असार १८ गतेदेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कविहीन भएको थियो ।

आइतबार कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढी–पहिराका कारण क्षति पुगेको करिडोर मर्मत गरेपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बागलुङ कुश्मीशेरा सडक भने अझै खुलेको छैन ।

करिडोर तत्कालका लागि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए। बागलुङ नगरपालिका–१० एक्लेशालमा खसेको पहिराले त्यहाँ रहेका चार सडकमा क्षति पुर्‍याएको थियो ।

‘दक्षिण जोडिएका सडकमा यस वर्षका लागि निकै समस्या छ, ठूलाठूला पहिराले सडक अवरुद्ध हुने गरेको छ’, कार्कीले भने, ‘ठुलो वर्षा नभएमा केही दिन सडक सञ्चालनमा रहन्छ ।’ करिडोर सञ्चालनमा आएपछि जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमनमा सहज हुने भएको छ । करिडोरसमेत बन्द हुँदा जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका किसान सबैभन्दा धेरै मर्कामा परेका थिए ।

अत्यावश्यक खाद्यान्नलगायतका सामग्रीको ढुवानीमा समेत समस्या भएको थियो । बिरामी बोक्ने एम्बुलेन्ससमेत नचलेका कारण पैदल छिमेकी जिल्ला पर्वत सदरमुकाम कुश्मा बजार पुग्नुपर्ने बाध्यता थियो । ‘खुलेका बेला खाद्यान्न स्टोर गर्न भनेका छौँ, विकल्प पनि त छैन’, कार्कीले भने ।

प्रतिक्रिया दिनुहोस