मोदीले प्रधानमन्त्री देउवालाई भने, कोरोना खोप छिट्टै उपलब्ध गराउछौँ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मोदीले प्रधानमन्त्री देउवालाई भने, कोरोना खोप छिट्टै उपलब्ध गराउछौँ


४ श्रावण २०७८, सोमबार


काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै नेपाललाई छिट्टै कोरोना विरुद्धको खोप उपलब्ध गराउने बताएका छन् ।

सोमबार (आज) भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना खोपको उपलब्ध गराउने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टेलिफोन कुराकानीमा मोदीले प्रधानमन्त्री देउवालाई बधाई समेत दिएका थिए । दुई नेताबीच कोरोना महामारीविरुद्ध संयुक्त रुपमा लड्ने विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले ट्विटरमार्फत जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस