२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउनको पहिलो सोमबार : शिवको पूजाआराधना गर्दै भक्तजनहरु (फोटाेफिचर) 

अ+ अ-

धनगढी । आज साउन महिनाकाे पहिलो सोमबार । हिन्दू धर्माबलम्बीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन्। साउनको सोमबार शिवको पूजाआराधना गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ हिन्दू धर्माबलम्बी विशेषगरी महिलाहरुले शिवको पूजाआराधना गरी मनाउने गर्छन् ।

आज विभिन्न स्थानमा रहेका शिवका मन्दिरहरुमा हिन्दु धमर्मावलम्बीहरुले पूजा आजा गरी मनाइरहेका छन् । धनगढी उपमहानगरपालिका– ४ स्थित शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाम परिसरमा भक्तजनहरुको भिड लागेको छ । कोरोना महामारीका समयमा पनि शिवको पूजा आजा गर्ने भक्तजनहरुको भिड लागेको छ ।

तस्वीरः टेकराज पोखरेल/रासस

साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ। यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिंग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने गरिन्छ। महिलाहरुले हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्छन्।

यसैगरी काठमाडौँको पशुपतिनाथको मन्दिर, चितवनको देवघाटधाम तथा अन्य शिव मन्दिरहरुमा बोलबम मेला भर्नका लागि नेपाल तथा छिमेकी भारतका विभिन्न स्थानका धर्मावलम्बीहरुको घुइँचो लाग्ने गर्छ । तर यो वर्ष कोरोना महामारीका कारण विगतमा जस्तो भक्तजनहरुको चहलपहल खासै देखिएको छैन ।

पवित्र तीर्थस्थल देवघाटधाममा पनि आज भक्तजनको भिड लागेको छ । देवघाटमा स्नान गरेपछि भगवान् शिवको पूजा गरेर शिवलिङ्गमा बेलपत्र चढाउँदा मोक्ष प्राप्त हुने जनविश्वास छ ।

तस्वीरः टेकराज पोखरेल/रासस

साथै श्रावण स्नानका क्रममा हुन सक्ने दुर्घटनालाई दृष्टिगत गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा उद्धारका लागि नेपाल प्रहरीको तालीम प्राप्त जनशक्ति तयारी अवस्थामा रहेको छ। देवघाटधाममा त्रिशूली र कालीगण्डकी नदीको बहाव तीव्र भएका कारण हुनसक्ने दुर्घटना रोक्नका लागि वाग्मती प्रदेश विपत् व्यवस्थापन गुल्म हेटौँडाको टोलीलाई परिचालन गरिएको हो ।

यसैगरी रुपन्देहीको सैनामैना नगरपालिका– १ स्थित पर्रोहा परमेश्वर ज्योर्तिलिङ्ग बोलबम धाममापनि भक्तजनको भिड लागेको छ । कोरोना सङ्क्रमण हुने भयले यसपटक भीडभाड कम देखिएको छ ।

तस्वीर : युवराज पाण्डे/रासस

यस पटक साउन महिनामा पाँच वटा सोमबार परेका छन्।

प्रतिक्रिया दिनुहोस