रौतहटमा पेस्तोल सहित ३ जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रौतहटमा पेस्तोल सहित ३ जना पक्राउ


४ श्रावण २०७८, सोमबार


रौतहट । रौतहटको मौलापुर नगरपालिका–५ स्थित कलैया सडक खण्डबाट प्रहरीले पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक २४ वर्षीय देवेन्द्र यादव सहित ३ जना छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले उनीहरूको साथबाट १ थान सिक्सर पेस्तोल बरामद गरेको छ ।

भारतीय नम्बर प्लेटको दुई वटा मोटरसाइकलमा सवारी उनीहरूलाई चेकजाँच गर्दा विहारको मोतिहारी जिल्ला घर भएका देवेन्द्रको साथमा पेस्तोल फेला परेको रौतहट प्रहरीले जनाएको छ ।

तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस