पाकिस्तानी प्रधानमन्त्री खानले दिए देउवालाई बधाई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पाकिस्तानी प्रधानमन्त्री खानले दिए देउवालाई बधाई


४ श्रावण २०७८, सोमबार


काठमाडौँ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । समकक्षी खानले देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि बधाई दिएका हुन्।

पाकिस्तानी प्रधानमन्त्रीले ट्वीटरमार्फत आफूले नेपालसँगको सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताएका छन् । उनले चासोका विषयहरूमा नेपालसँग निकटरुपमा मिलेर काम गर्न चाहेकोसमेत उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस