आजदेखि जोन्सन एण्ड जोन्सनको कोरोना खोप लगाइँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आजदेखि जोन्सन एण्ड जोन्सनको कोरोना खोप लगाइँदै


४ श्रावण २०७८, सोमबार


काठमाडौँ । अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोना विरुद्धको खोप अभियान आजदेखि सुरु हुँदै छ ।

खोप पुगेका सबै जिल्लाहरुमा आजदेखि खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप असार २८ मा काठमाडौँ ल्याइएको थियो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिइँदै छ ।

काठमाडौँमा ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस