खोपमा पहुँचवालाको मनोमानी , लक्षित वर्ग खोप लगाउनबाट वञ्चित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खोपमा पहुँचवालाको मनोमानी , लक्षित वर्ग खोप लगाउनबाट वञ्चित


२ श्रावण २०७८, शनिबार


पोखरा । पहुँचवालाले आ–आफ्नो व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाएका कारण कास्कीमा लक्षित वर्ग खोप लगाउनबाट वञ्चित भएका छन् ।

पोखरा महानगरपालिकाले सुरु गरेको खोप अभियानमा महानगरका स्वास्थ्य महाशाखादेखि वडा अध्यक्षहरूले समेत आफन्त, नातेदार, नजिककालाई खोप लगाइदिएपछि खोपका लागि दिनभर लाइन बसेका पहुँच नभएका नलगाई घर फर्कन बाध्य भएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले खोप केन्द्रको ३ वटा टोली बनाएर अनुगमन गरेको दाबी गरे। अनुगमनका क्रममा घुसपैठ भएको पाइएको उनले स्वीकार गरे। महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले हालसम्म पोखरामा ३६ हजार मात्र खोप लगाइएको जानकारी दिए।

पोखरा महानगरपालिकामा धेरै मात्रामा खोप लगाइसक्दा पनि लक्षित वर्ग पन्छाएर आफन्तहरूलाई खोप लगाउने र तोकिएको उमेर समूहका व्यक्तिलाई पाखा लगाउने काम भएको छ । जसका कारण केही खोप केन्द्रमा विवाद हुनुका साथै झडपको अवस्था समेत सिर्जना हुन पुगेको थियो ।

यसैबिच शनिवार देखी विभिन्न पेसागत समूहका व्यक्तिलाई लक्षित गरी पूर्व सूचना जारी गरी खोप केन्द्र तोकिए पनि अन्तिममा खोप अभाव भएको भन्दै स्थगित गरिएको छ । खोप लगाउने आशामा अविरल वर्षाबिच मानिसहरू पोखरा ३, नदीपुरस्थित कन्या क्याम्पसमा पुगेका थिए । तर, अन्तिम समयमा उनीहरू खोप नलगाई फर्कन बाध्य भए ।

Tags :
प्रतिक्रिया दिनुहोस