प्रदेश २ मा माओवादी सरकारमा सहभागी हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश २ मा माओवादी सरकारमा सहभागी हुने


१ श्रावण २०७८, शुक्रबार


जनकपुरधाम । प्रदेश २ सरकारमा सहभागी हुन नेकपा माओवादी केन्द्रले मन्त्री चयन गरेको छ ।

शुक्रबार (आज) बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको प्रमुख सचेतक दिलीपकुमार साहले बताए ।

साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित सांसद हुने भने सप्तरीकी कर्ण समानुपातिक सांसद हुन् । साह र कर्णले शनिबार नै मन्त्री पदमा शपथ लिने भएका छन् ।

माओवादीले सरकारमा सहभागी हुने मन्त्रीको छनोट गरे पनि मन्त्रालयको टुंगो लाग्न सकेको छैन् । माओवादीलाई अर्थ वा सामाजिक विकास मन्त्रालय दिने तयारी गरिएको छ । यो दुवै मन्त्रालयमा जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह)का मन्त्री छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस