काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा बसिरहेको छ । दिउँसो चार बजेदेखि बैठक बसिरहेको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरुको सहभागी रहेको छ ।
तर गठबन्धनको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भने अनुपस्थित छन् ।