चालु आवको अन्तिम दिन नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पुँजीकरण ४० खर्ब « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चालु आवको अन्तिम दिन नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पुँजीकरण ४० खर्ब


३१ असार २०७८, बिहिबार


शेयर बजार

काठमाडौँ । शेयर कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि हुँदा बजार पुँजीकरण रु ४० खर्ब १० अर्ब ९५ करोड ७८ लाख १० हजार बराबर पुगेको छ ।

विगत केही दिनदेखि झिनो अङ्कले मात्रै उकालो लागेको नेप्से बिहीबार भने ११.३३ अङ्कले वृद्धि भई दुई हजार ८८३.२८ मा पुगेको हो । यस्तै ठुला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.९३ बिन्दुले उकालो लागेर ५४१.३१ मा पुगेको छ ।

कूल २२३ कम्पनीको पाँच करोड ८५ लाख दुई हजार १०९ कित्ता शेयर रु आठ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२ मा कारोबार भएको छ । चालु आर्थिक वर्षको आज अन्तिम दिन बजारले सकारात्मक सङ्केत गर्दै बिदा भएको छ ।

नेप्सेका अनुसार बिहीबार जलविद्युत् उपसमूहको शेयर उकालो लागेको छ । सो उपसमूहको शेयर ५६.१४ बिन्दुले बढेको छ । कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लागेको छ भने छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैङ्किङ ६.३, व्यापार २८.७१, जलविद्युत् ५६.१४, वित्त ४७.८९, निर्जीवन बिमा ३६.२६, लघुवित्त ४५.७१ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले बढेको छ । यस्तै, होटल तथा पर्यटन ५०.३८, विकास बैङ्क १३.६६, उत्पादन ५.८७, अन्य ७.८१, जीवन बिमा ४३.११ र लगानी ०.०१ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३६ करोड ७० लाख २३ हजार ५७४ बराबरको कारोबार भयो । एनआइसी एसिया बैङ्क रु ३३ करोड ११ लाख ४४ हजार ९४०, मेरो माइक्रोफाइनान्स रु २३ करोड ४६ लाख ४४ हजार ९४०, मञ्जुश्री फाइनान्स रु २३ करोड ४३ लाख ३८ हजार ४२५ र नेपाल लाइफ इन्स्योरेन्स रु २० करोड दुई लाख ९१ हजार ८९६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै, ङादी ग्रुप अफ पावर ९.४०, रैराङ हाइड्रोपावर ८.९१, गणपति माइक्रोफाइनान्स ७.८८, मञ्जुश्री फाइनान्स ७.८३ र एनआइबिएल समृद्धि फण्डका लगानीकर्ताले ७.७८ प्रतिशतले कमाए । त्यस्तै, कृषि विकास बैङ्कको ऋणपत्र ३.९०, सिभिल लघुवित्त २.८६, लक्ष्मी इक्विटी फण्ड २.८२, ओरियण्टल होटल २.३९ र सोल्टी होटलका लगानीकर्ताले २.२४ प्रतिशतले गुमाए ।

Tags :
प्रतिक्रिया दिनुहोस