विप्लव-नेपाल भेटवार्ता « प्रशासन
Logo ८ आश्विन २०७८, शुक्रबार
   

विप्लव-नेपाल भेटवार्ता


३१ असार २०७८, बिहिबार


काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान महासचिव विप्लव र नेता धर्मेन्द्र बास्तोला नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

यसअघि विप्लवले बुधवार मात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवासमा भेटी समसामयिक राजनीतिक विषय र आफ्नो पार्टी र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन सम्बन्धी छलफल भएको विप्लवको सचिवालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस