२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घामपानी दुबैमा नारायणगढ–मुग्लिन सडक जोखिममा

अ+ अ-

चितवन । पहिराले खाल्डै खाल्डा बनाएको नारायणगढ–मुग्लिन सडकको स्तरोन्नतिसँगै धेरैले सहज यात्राको अपेक्षा गरेका थिए । यो लामो समय बित्न नपाउँदै सडक ठाउँ ठाउँमा भत्किएका छन् भने पहिरो रोक्नका लागि गरिएको प्रयास सफल हुन सकेको छैन ।

धेरै ठाउँ सुरक्षित भए पनि पछिल्ला वर्षमा नयाँ ठाउँमा पहिरो खस्न थालेपछि यात्रा जोखिमपूर्ण बनेको छ । यस वर्ष सो सडकका चार ठाउँमा घाम र पानी दुबैमा पहिरो खसेर दुःख दिएको छ । वर्षासँगै सेती दोभान र कालीखोलामा नयाँ पहिरो झरेका हुन भने चार किलो र पाँच किलोमा पुरानै स्थानमा पहिरो खसेका छन् ।

सेतीदोभान भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्दछ भने अन्य इच्छाकामना गाउँपालिकामा पर्दछ । विगत ६ वर्ष देखि सो सडक हेर्दै आएका डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार सेती दोभानमा ८० मिटर माथिसम्म पहाड छ । सोही पहाडबाट पहिरो झर्ने गरेको छ ।

माथिल्लो ६ मिटर लगभग ६ मिटर भागमा माटो छ भने अन्य भागमा गेग्र्यान र चट्टान रहेको छ । बिचमा पानीको मुहान भएको उनले जानकारी दिए ।

चार किलोमा माथि १५० मिटरसम्म जाली लगाएर पहिरो रोक्ने काम गरिएको छ । त्यो भन्दा माथिबाट पहिरो झरेको उनले जानकारी दिए । त्यहाँ फुटेका चट्टान रहेका छन् । पाँच किलोमा माथिबाट खोलिएको शाखा सडकसँगै लेदो झरेर दुःख दिइरहेको छ ।

कालीखोला नजिकै पहिलो पटक पहिरो खसेको हो । पहिरो रोकिएका सामग्रीसहित रुख बिरुवा पहिरोसँगै झरेका हुन । त्यहाँ पनि चार किलोको जस्तै फुटेका चट्टानसहितको पहिरो झर्ने गरेको छ ।

नयाँ पहिरो झरेका दुबै ठाउँ अझै पहिरो झरेर भिरालो नबनेसम्म पहिरो नरोकिने देखिएको छ । पानी पर्दा लेदोसहितको पहिरो र घाम लाग्दा सुख्खा पहिरो झर्ने गरेको छ । खनालका अनुसार पानी पर्दा भित्र छिर्ने र घाम लागेसँगै सुकेर माटो खुम्चिँदा पहिरो खस्ने गरेको छ ।

जसले गर्दा सडक वर्षात्को सबै समय जोखिमपूर्ण बनेको हो । यो सडक हुँदै १० हजार हाराहारी सवारीसाधन दैनिक गुड्ने गर्दछन् । राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य सडकका रुपमा यसलाई लिइन्छ ।

प्रतिक्रिया दिनुहोस