नेपाल आयल निगममा कर्मचारी पदपूर्तिका लागि विज्ञापन आह्वान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल आयल निगममा कर्मचारी पदपूर्तिका लागि विज्ञापन आह्वान


३० असार २०७८, बुधबार


काठमाडौँ । नेपाल आयल निगमले रिक्त पदमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।

निगमले बुधवार सूचना जारी गर्दै रिक्त रहेको पदहरूमा खुला, आन्तरिक र ज्येष्ठता तथा कार्य सम्पादन मूल्याङ्कनमार्फत कर्मचारी पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको हो ।

निगमले खुला प्रतियोगिताबाट पदपूर्तिका लागि विभिन्न सेवा समूहमा रिक्त रहेका १७ पदका लागि कर्मचारीको माग गरेको छ ।

यस्तै आन्तरिक प्रतियोगिताका लागि २५ जनाको दरखास्त आह्वान गरिएको छ । ५२ जना ज्येष्ठता तथा कार्य सम्पादनको मूल्याङ्कनद्वारा पदपूर्ति गरिने निगमले जनाएको छ ।

यी सबै पदको लागि सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त दिनुपर्ने छ । म्याद सकिएको दिनदेखि ७ दिनभित्र दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिने छ ।

सूचना :

खुला

आन्तरिक

ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कन

Tags :
प्रतिक्रिया दिनुहोस