काठमाडौँ । नेकपा माओवादी केन्द्र गठबन्धनमा आवद्ध शीर्ष नेताहरु रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा नेताहरुले संयन्त्र गठनमा जोड दिएका हुन् ।
सरकारमा गएका मन्त्रीहरुलाई नेतृत्व गर्न पार्टीमा छुट्टै संयन्त्र बनाउनुपर्नेमासमेत नेताहरुको जोड छ ।
सरकारको न्यूनतम नीति तथा कार्यक्रम बनाउनुपर्ने र त्यो तत्काल सम्वभ नभए साझा प्रतिवद्धता ल्याउनुपर्ने माओवादीको जोड छ ।