काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । ओलीले आज दिउँसो २ बजे बालुवाटारबाट सम्बोधन गर्ने भएका हुन् ।
सम्बोधन अगाडि उनले एमाले स्थायी कमिटी बैठक पनि बोलाएका छन् ।
प्रधानमन्त्रीले आज फैसला तथा अहिलेसम्म सरकारका गरेका काम तथा आगामी विषयमासमेत आफ्नो धारणा देशवासीका नाममा राख्ने छन् ।
सोमबार सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । आज देउवाले प्रधानमन्त्रीको शपथ लिँदै छन् ।