अदालतले आफ्नो गरिमा बढाएको छ : माधव नेपाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अदालतले आफ्नो गरिमा बढाएको छ : माधव नेपाल


२८ असार २०७८, सोमबार


काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाको प्रशंसा गर्दै संविधान, संसद् र लोकतन्त्र बचाएको बताएका छन् ।

‘झण्डै मृत्युशैंयामा पुगिसकेको संसदलाई दोस्रो पटक जोगाउने काम भयो । नेपालको इतिहासमा एउटै प्रधानमन्त्रीले पटक पटक प्रतिनिधिसभालाई विघटन गर्ने काम भइरहेको थियो,’ नेपालले भने, ‘सर्वोच्च अदालतले सकारात्मक फैसला गरी यसपटक अदालतले आफ्नो गरिमा बढाएको छ ।’

संविधानमा केही अस्पष्टतता थियो । तर त्यो व्याख्या पनि गरिदिएको छ’, नेता नेपालले भने । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) मा फ्लोर क्रस गर्ने सांसदको पद नजाने निर्णय गरेको छ ।

नेता नेपालले सर्वोच्चको सोमबारको फैसलाले न्यायपालीकाको मर्यादालाई उचो बनाएको बताए । ‘अदालतले संविधानको रक्षा गरेको छ । मुलुकमा राजनीतिक स्थितिरताको निम्ति यो निर्णयले राम्रो भूमिका खेल्ने छ भन्ने विश्वास छ,’ नेपालले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस