प्रजनन अधिकारको रक्षा गर्न राष्ट्रसङ्घीय महासचिव गुटरेसको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रजनन अधिकारको रक्षा गर्न राष्ट्रसङ्घीय महासचिव गुटरेसको आग्रह


एजेन्सी

२८ असार २०७८, सोमबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले विश्वका सबै देशहरुलाई नागरिकको प्रजनन अधिकारको रक्षाको क्षेत्रमा काम गर्न आग्रह गरेका छन्।

विश्व जनसङ्ख्या दिवसको अवसर पारेर उनले सो कुरा बताएका हुन् । हरेक वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाउने गरिन्छ ।

उनले विश्व जनसङ्ख्या दिवसका अवसरमा दिएको सम्बोधनका क्रममा सो कुरा बताएका हुन् । त्यस अवसरमा उनले भने– हामीले विश्व जनसङ्ख्या दिवस मनाइरहँदा प्रत्येक नागरिकको प्रजनन अधिकारको रक्षाका लागि पनि हामीले सबैतिर आवाज उठाउनुपर्छ ।

अहिले विश्वमा कोरोना भाइरसको महामारी जारी रहेको र यस्तो अवस्थामा आफ्नो पेसा र रोजगारी गुमाएका महिलाहरुदेखि दिएर महामारीका कारण भएको लकडाउनका कारण घरैमा बसेका महिलाहरु पनि घरेलु हिंसाको चपेटामा परिरहेको अवस्थाको मध्यनजर गर्दै महिला अधिकारको रक्षाको काममा लाग्न पनि आग्रह गरे ।

यस महामारीका कारण अरु क्षेत्रमा परेको प्रभाव जस्तै महिलाको प्रजनन अधिकारको पनि रक्षा गर्नुपर्नेमा जोड दिँदै उनले विश्व जनसङ्ख्या दिवसका अवसरमा यस विषयमा ध्यान दिन सबैलाई आग्रह गरे ।

अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा विश्वमा कोभिड १९को महामारीका कारण कम्तीमा पनि ४ करोड ७० लाख महिला गरिबीतर्फ धकेलिएका छन् । उनीहरुले महामारीका कारण भएको लकडाउन तथा आफ्नो रोजगारी गुमाउनुपरेका कारण यस्तो समस्यामा परेका बताए।

त्यसैगरी विश्वका विभिन्न देशहरुमा जारी रहेको लकडाउनका कारण विश्वका ठुलो संख्याका बालिकाहरु विद्यालय जानबाट वञ्चित भएका र उनीहरु अब लकडाउन खुलेपनि विद्यालय नजाने अवस्थामा पुगेका पनि राष्ट्रसङ्घीय महासचिव गुटरेसको सो सन्देशमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस